Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीको हो, कांग्रेस बाधक बन्दैन : मीन विश्वकर्मा

    मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीको हो, कांग्रेस बाधक बन्दैन : मीन विश्वकर्मा

    अनलाइन नेपाल
  • बिहिबार, १२ पुष २०८०
  • 483
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री परिवर्तन गरे कांग्रेस बाधक नबन्ने भएको छ ।

    बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कांग्रेस नेता मीनबहादुर विश्वकर्माले गठबन्धनका दलका शीर्ष नेतासँगको परामर्शबाट प्रधानमन्त्रीले मन्त्री फेर्न सक्ने बताएका छन्।



    उनले मन्त्री परिवर्तन गर्नसक्ने अधिकार प्रधानमन्त्रीको भएकाले काम गर्न असहज भए गठबन्धनका दलका शीर्ष नेतासँग परामर्श गरेर मन्त्री फेर्न सक्ने स्पष्ट पारे।



    ‘मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीको हो। संसदीय व्यवस्था प्रधानमन्त्रीय व्यवस्था हो। प्रधानमन्त्रीय प्रणाली हो । प्रधानमन्त्रीले आफूलाई असहज भएमा गठबन्धनको सरकार भएको हुनाले गठबन्धनका दलका शीर्ष नेताहरूसँगको परामर्शबाट प्रधानमन्त्रीले मन्त्रीलाई जुनसुकै बेलामा हेरफेर गर्नसक्ने प्रावधानमा कांग्रेस बाधक बन्दैन,’ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार