Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

वेस्ट ह्यामसँग आर्सनल घरमै पराजित, गुमायो शीर्ष स्थानमा पुग्ने मौका

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा वेस्टह्याम युनाइटेडले आर्सनललाई पराजित गरेको छ । ​

गएराति सम्पन्न खेलमा वेस्ट ह्यामले आर्सनललाई २(० गोल अन्तरले पराजित गरेको हो । वेस्टह्यामको जितमा टोमस सोउक र कोन्सटान्टिनोस माभ्रोपनोसले एक एक गोल गरेका थिए।

वेस्टहाम युनाइटेडको यो १०औं जित हो । यो जितपछि १९ खेलमा ३३ अंकसहित वेस्टह्याम छैटौं स्थानमा उक्लिएको छ। आर्सनलले भने यो हारपछि शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ।

यो यस सिजनमा आर्सनलको तेस्रो हार हो। १९ खेलमा ४० अंकसहित आर्सनल लिगमा दोस्रो स्थानमा रहेको छ। लिभरपुल १९ खेलमा ४२ अंकसहित स्पष्ट २ अंकको अग्रतासहित शीर्ष स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077