Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जेलबाट छुटेपछि पहिलोपटक सानेपा पुगे बालकृष्ण खाँण

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि ७ महिना थुनामा बसेरपछि धरौटीमा रिहा भएका कांग्रेस नेता बालकृष्ण खाँण पहिलो पटक पार्टी कार्यालय सानेपा पुगेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि गत वर्ष वैशाख २७ गते पक्राउ परेका उनी मंसिर २९ धरौटीमा रिहा भएका थिए । कांग्रेस नेता खाँण एक वर्षपछि पार्टी कार्यालय सानेपा छिरेका हुन्।

हिजो बैठकमा भने खाँण गएका थिएनन्। खाँण भुटानी शरणार्थी प्रकरणमा ३० लाख धरौटीमा छुटेका थिए।

खाँण थुनामा हुँदा संस्थापन इतर पक्षले निलम्बन गर्नुपर्ने माग राखेपनि सभापति शेरबहादुर देउवाले मानेका थिएनन्।

बिहीबारदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन खाँण सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077