Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बालकुमारी घटनाबारे छानबिन गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण

    बालकुमारी घटनाबारे छानबिन गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण

    अनलाइन नेपाल
  • शुक्रबार, १३ पुष २०८०
  • 663
    SHARES

    काठमाडौं । बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गरेको छ ।

    कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न सरकारसँग माग गरेका हुन् ।



    मन्त्री सवार गाडीमा आगजनी हुनु, तत्पश्चात प्रदर्शनकारीलाई नियन्त्रणमा लिने मृत्यु भएको प्रति पार्टीको ध्यानाकर्षण भएको कांग्रेसले जनाएको छ ।



    प्रचार विभाग प्रमुख विश्वकर्माले निकालेको विज्ञप्तिमा भनिएको छ,‘घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानविन गर्नुका साथै घटनामा घाइते भएकाहरुको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग नेपाली कांग्रेस माग गर्दछ।’

    शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन कांग्रेसले अपिल गरेको छ ।

    शुक्रवार दिउँसो कोरियाली भाषा परीक्षासम्बन्धी विषयलाई लिएर बालकुमारीस्थित इपिएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी भएको थियो ।

    त्यसपछि प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा दुई जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार