Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालकुमारी घटनाबारे एमाले – न्यायोचित मागलाई वार्ताको माध्यमबाट अविलम्ब पुरा गर्नू

काठमाडौं । नेकपा एमालेले बालकुमारीमा भएको घटनाका भर्त्सना गरेको छ । प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले शुक्रवार साँझ एक विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीमाथि गरिएको प्रहरी हस्तक्षेप, दमन र धरपकडप्रति भर्त्सना गरेका हुन् ।

‘प्रदर्शनकारीमाथि गरिएको प्रहरी हस्तक्षेप, दमन र धरपकडप्रति एमाले भत्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘विनाभेदभाव परिक्षामा सामेल हुन पाउनुपर्ने युवाहरूको न्यायोचित मागलाई वार्ताको माध्यमबाट अविलम्ब पुरा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।’

साथै प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण र वैधानिक बाटोबाट समस्याको समाधान खोज्न पनि एमालले अपिल गरेको छ ।

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको यथाशीघ्र उपचारको व्यवस्था गर्न तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग एमालेको माग छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077