Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सन्दीप लामिछाने नाबालिक बलात्कार मुद्दामा दोषी ठहर

    सन्दीप लामिछाने नाबालिक बलात्कार मुद्दामा दोषी ठहर

    अनलाइन नेपाल
  • शुक्रबार, १३ पुष २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने नाबालिक बलात्कार मुद्दामा दोषी ठहर भएका छन् ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रवार यस्तो आदेश सुनाएको हो ।​



    यद्यपि सजाय निर्धारण हुन बाँकी रहेकाले अर्को पेसी तोकिएको छ । १६ देखि १८ वर्षसम्मका बालिकालाई बलात्कार गरेको पाइएमा १० देखि १२ वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था छ।



    सन्दीपले २०७९ भदौ ५ गते गौशालाको एक होटलमा लगेर जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते एक किशोरीले प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार