Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेसको केन्द्रीय समिति बैठक आज सकिँदै

    कांग्रेसको केन्द्रीय समिति बैठक आज सकिँदै

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 585
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बिहीबारदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार समापन हुँदैछ । बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो साढे १२ बजे सुरु हुनेछ ।

    शनिबारको बैठकमा पदाधिकारीले बोल्ने कार्यसूची रहेको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।



    उनका अनुसार बिहीबार र शुक्रबारको बैठकमा गरी मन्त्रीहरुसहित ४८ जनाले आफ्नो धारणा राखेका छन्। बैठकमा ६ मन्त्रीले आफ्ना कामको विवरण पेश गरेका थिए ।



    प्रधानमन्त्रीले गत मंगलबार राष्ट्रका नाममा गरेको सम्बोधन र पार्टीका मन्त्रीहरूले बैठकमा गरेको ‘ब्रिफिङ’का आधारमा कांग्रेसले सरकारको एक वर्षमा भएका कामका विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार