Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालकुमारी घटना खेदजनक छ, पीडित परिवारलाई तत्काल राहत देऊ : प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बालकुमारी घटना खेदजनक रहेको बताएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष साहले राज्यको बेतिथिबाट पीडित भएका युवाहरू आफ्नो हकका लागि आन्दोलन गर्दा युवकमाथि गोली प्रहार भएकोप्रति पार्टीको ध्यानाकर्षण भएको जनाका हुन्।

विज्ञप्तिमा भनिएको छ,'अन्यायमा परेका बेरोजगार युवाहरूलाई प्रोत्साहन गर्नुको सट्टा सरकारले गोलीको सिकार बनाउनु खेदजनक हो । यस दुःखद घटनाको जति भर्त्सना गरे कमै हुन्छ । मन्त्रीको गाडीमा आगलागी गरे बापत ज्यान लिनु पर्ने घटनाले सरकार निरंकुशताको पथमा अग्रसर रहेको र पार्टीका राजाहरूको मति भ्रष्ट भएको पुष्टि गर्दछ ।'

अध्यक्ष साहले पीडित परिवारलाई तत्काल राहत स्वरूप आवश्यक क्षेतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077