Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाले भने - अहिले हाम्रो पार्टी गुटैगुटको गुजुल्टो बनेको छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी गुटैगुटको गुजुल्टो बनेको बताएका छन् ।

शनिबार भक्तपुर–२ को क्षेत्रीय सम्मेलनमा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले अहिले कांग्रेस सबैभन्दा ठूलो राजनीतिक र सामाजिक संगठन भएपनि पार्टीभित्रकै असमझदारीले ठाउँठाउँमा पराजय ब्यहोरेको बताए ।

महामन्त्री थापाले भने,‘सभापतिको गुट छ, उपसभापतिको गुट छ । महामन्त्रीहरूको गुट छ । अरू–अरूको आफ्नै गुट छ । त्यसकारण पार्टी त गुटैगुटको गुजुल्टो बनेको छ।’

उनले गुट बनाउन राम्रो होइन भनेर बोल्नेहरूले पनि गुट बनाइरहेको बताए ।

उनले कांग्रेस हाल सबैभन्दा ठूलो राजनीतिक संगठन भएपनि एकताबद्ध हुन नसकेका कारण मुलुकको नेतृत्व अरु अरुको हातमा पुग्ने गरेको बताए ।

उनले अहिल भइरहेका जिल्ला सम्मेलनहरू औपचारिकतामा मात्रै सीमित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077