Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

उपेन्द्र यादवले मधेशलाई उजाड बनाए, बहिष्कार गरी दण्डित गर्नुपर्छ : प्रभु साह

वीरगन्ज । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रमुख दलका शीर्ष नेताहरूकै कारण देश असफल आरोप लगाएका छन् ।

पर्साको पोखरियामा आइतबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो आरोप लगाएका हुन् । उनले शीर्ष नेताहरूकै कारण देश असफल भई आर्थिक संकट गहिँरिदै गएको बताए ।

रोजगार खोजिरहेका युवालाई सरकारले रोजगार दिन नसकेको उनको आरोप छ। रोजगारका लागि विदेश जन्छु भन्ने युवाहरूलाई सरकारले गोली हानेर हत्या गर्ने दृश्य सबैले देखेको उनले बताए।

उनले समृद्ध नेपाल निर्माणका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थामा जानुको विकल्प नभएको बताए । अध्यक्ष साहले मधेसलाई उजाड बनाउने काम उपेन्द्र यादवले गरेको बताए ।

उनले उपेन्द्रलाई मधेसबाट बहिष्कार गरी दण्डित गर्नुपर्ने बताए। देशकै आर्थिक राजधानी रहेको वीरगन्जसहित मधेसलाई तहसनहन गर्दै बर्बाद गरेर उजाड बनाएको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077