Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

आजबाट अंग्रेजी नयाँ वर्ष सुरु

काठमाडौं । अंग्रेजी पात्रोअनुसार आजदेखि नयाँ वर्ष सुरु भएको छ । सन् २०२३ लाई बिदाइ गर्दै सन् २०२४ सुरु भएको हो ।

ईस्वी संवत्‌को नयाँ वर्ष सुरु भएको खुसियालीमा आज विश्वभर नै विभिन्न कार्यक्रम हुँदैछन् । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत्‌को सुरुआत भएको भनाइ रहेको छ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको थियो।

अंग्रेजी नयाँ वर्षको अवसरमा नेपालसहित विश्वभरका मानिसले एक आपसमा शुभकामना आदान प्रदान गरिरहेका छन्। इस्वी सम्वत् नेपालमा प्रचलनमा नभए पनि केहीवर्ष अघिदेखि अंग्रेजी नयाँ वर्ष मनाउने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077