Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • सरकारसँग सन्तुष्ट कांग्रेसको तलाउमा ढुंगा हान्दिनँ : केपी ओली

    सरकारसँग सन्तुष्ट कांग्रेसको तलाउमा ढुंगा हान्दिनँ : केपी ओली

    अनलाइन नेपाल
  • सोमबार, १६ पुष २०८०
  • 486
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकारसँग कांग्रेस सन्तुष्ट रहेको भन्दै कटाक्ष गरेका छन् ।

    मेलमिलाप दिवसको अवसरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    सत्तासँग सन्तुष्ट कांग्रेसको तलाउमा ढुंगा हान्ने आफ्नो मनसाय नभएको उनले बताए ।



    अध्यक्ष ओलीले भने ,‘अहिलेको भूमिकासँग सन्तुष्ट रहेको कांग्रेसको तलाउमा ढुंगो फालेर तरंग ल्याउन चाहन्नँ । सत्ताको अमनचयनमा खलल पुर्‍याउन चाहँदिनँ।’

    उनले आफूलाई महामन्त्री विश्वकर्मा शर्माले मेलमिलाप दिवसमा आउनासाथ भाटे कारबाही गरेको भन्दै व्यंग्य गरे।

    कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवालगायत सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार