Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पूर्व सहकारी रजिष्ट्रार पराजुलीसहित चारजना पुर्पक्षका लागि थुनामा

    पूर्व सहकारी रजिष्ट्रार पराजुलीसहित चारजना पुर्पक्षका लागि थुनामा

    अनलाइन नेपाल
  • मंगलबार, १७ पुष २०८०
  • 1K
    SHARES

    कास्की । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीसहित चार जना पुर्पक्षाका लागि कारागार चलान भएका छन् ।

    कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासले उनीहरुलाई पुर्पक्षका लागि कारागर पठाउन आदेश दिएको हो । थुनामा जानेमा सहकारीका सञ्चालक गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बरालसमेत रहेका छन् ।



    कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न रकम लिएको आरोपमा प्रहरीले पराजुलीलाई पुस ११ गते पक्राउ गरेको थियो । उनले कार्यक्षेत्र थप गर्न भनी एक करोड पाँच लाख रुपैयाँ लिएको अनुसन्धानका क्रममा देखिएको थियो ।



    सहकारी रजिष्ट्रार कार्यालयको प्रतिवेदनले २६ करोड रुपियाँ अपचलन भएको देखाएको छ । मित्रमिलनको रकम अपचलन अभियोगमा अहिलेसम्म पराजुलीसहित छ जना पक्राउ परिसकेका छन् । पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदीसहित दुई दर्जनभन्द बढी अझै फरार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार