Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पर्यटनमन्त्री किरातीको टिप्पणी - पशुपतिकै नाम जपेर मेरो राजीनामा माग्नेहरु अन्ततः हारे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सबै अस्तित्व सम्मान छ भन्दा राजीनामा मागिएको बताएका छन् ।

मंगलबार काठमाडौंमा यश कुमारको म्युजिक भिडियो ‘तिमी छौ र त’ सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उने आफ्नो राजीनामा मागेकोप्रति आक्रोश व्यक्त गरे ।

उनले संविधानको व्याख्या गर्दा राजीनामा दिनुपर्ने हो भन्दै प्रश्न गरे । उनले राजतन्त्रप्रति इंगित गर्दै अहिले जानेर वा नजानेर मानिसहरुले पुरानो व्यवस्थालाई नै ल्याउन खोजेको बताए ।

'कसैले पासो लाउँछ, के अपराध गरेँ, मैले त अपराध गरेको छैन। पशुपति हाम्रो सभ्यता र सम्पदा हो। सभ्यताको पनि सभ्यता हो। त्यहाँ गएर गू, मूत सोह्रेँ। मलाई पशुपति बिरोधी नै बनाउन खोजे, पशुपति त भगवान नै रहेछ। पशुपतिकै नाम जपेर मेरो राजीनामा माग्नेहरु अन्ततः हारे,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077