Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय सभाका उम्मेदवार छान्न एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार तय गर्न एमालेले शुक्रबार मध्याह्न १२ बजे सचिवालय बैठक बोलाएको हो ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । निर्वाचन आयोगले यही पुस २३ गते उम्मेदवारी मनोनयन गर्ने कार्यसूची राखेको छ ।

आगामी फागुनदेखि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासहित एमालेका ८ सदस्य रिक्त हुँदैछन्।

निर्वाचन नजिकिएसँगै सत्ता गठबन्धनको मोर्चाबन्दी कायमै रहे एमालेले सबै ८ सिट गुमाउनेछ । प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभामा एमालेलाई पनि समेट्ने गरी छलफल थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077