Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बिहीबार नेपाल आइपुग्दै भारतीय विदेशमन्त्री जयशंकर, यस्तो छ भ्रमण तालिका

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन् । नेपाल भारत परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी हुन नेपाल आउन लागेका जयशंकर भारतीय सेनाको विशेष विमानमार्फत् बिहान १० बजे त्रिभुवन विमानस्थलमा आइपुग्न लागेका हुन् ।

दुई दिनसम्म नेपालमा रहँदा उनले उच्चपदस्थ राजनीतिक नेतृत्वहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।

दूतावासका अनुसार मन्त्री जयशंकरले भोलि नै उच्चपदस्थ राजनीतिक भेटघाट सक्नेछन्। राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न भोलि बिहान ११ बजे शितल निवास जानेछन् भने १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट हुनेछ।

दिउँसो १ बजे परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी भएपछि मन्त्री जयशंकरले दिउँसो ३ बजेर ४० मिनेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे ४ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्ने दूतावासले जनाएको छ।

जयशंकर शुक्रबार बिहान ८ बजे पूजाआजाका लागि पशुपति जाने कार्यक्रम छ । दुई दिने भ्रमण सकेर उनी शुक्रबार १२ बजे भारत फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077