Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

काठमाडौं आइपुगे भारतीय विदेश मन्त्री जयशंकर

काठमाडौं । भारतीय विदेश मन्त्री एस. जयशंकर काठमाडौं आइपुगेका छन् ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन उनी भारतीय वायु सेवाको विशेष विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका थिए ।

उनले आजै विदेशमन्त्री जयशंकर उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन्। उनी ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा जानेछन्।

राष्ट्रपतिसँगको भेटवार्तापश्चात मध्यान्ह १२ बजे पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा भेटघाट गर्ने कार्यतालिका छ।

दिउँसो १ बजे जयशंकर होटल याक एण्ड यतिमा आयोजना हुने नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन्। बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री साउद र भारतको तर्फबाट विदेशमन्त्री जयशंकरले गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077