Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले अध्यक्ष ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

नेपाल भ्रमणमा रहेका विदेशमन्त्री जयशंकरले होटेल द्वारिकाजमा एमालेका अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा द्विपक्षीय सहकार्यबारे छलफल भएको ओलीको सचिवालयले जनाएको छ । नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगको बैठकका लागि जयशंकर बिहीवार काठमाडौं आएका थिए ।

काठमाडौं ओर्लेलगत्तै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग शिष्टाचार भेट गरेपछि आयोगको बैठकमा भारतको प्रतिनिधित्व गरेका थिए ।

उनी सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077