Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारती विदेशमन्त्री जयशंकर र क्यानका पदाधिकारी तथा खेलाडीहरुबीच भेट

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी र खेलाडीहरुले भारतका विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका छन् ।

नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन बिहीबार बिहान काठमाडौँ आइपुगेका जयशंकरसँग साँझ क्यानका अध्यक्ष चतुर बहादुर चन्द र नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलसहितको टोलीले भेटवार्ता गरेको हो ।

भेटमा क्यानका सचिव पारस खड्का र नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुको सहभागिता रहेको थियो । भेटमा क्रिकेटबारे कुराकानी भएको बताइएको छ ।

क्यानले नेपाल र भारतबिच दुईपक्षीय शृङ्खला खेलाउने व्यवस्था गरिदिन आग्रह गरेको छ । नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आएका भारतीय विदेशमन्त्री जयशंकर बिहीबार व्यस्त भए ।

नेपाल भ्रमणको पहिलो दिन उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077