Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारतीय विदेशमन्त्री जयशंकरद्धारा त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन गरेका छन्।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आएका विदेशमन्त्री जयशंकरले पुस्तकालयको उद्घाटन गरेका हुन्।

भारतीय विदेशमन्त्री जयश‌कर र परराष्ट्रमन्त्री एनपी साउदले संयुक्त रूपमा पुस्तकालय उद्घाटन गरे। आजै जयशंकरले भूकम्पपछिको पुनर्निर्माण परियोजना पनि उद्घाटन गर्नेछन् ।

हिजो नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनुका साथै जयशंकरले उच्च राजनीतिक भेट गरेका थिए । उनी मध्याह्न साढे १२ बजे भारत फर्कने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077