Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर शुक्रबार मध्याह्न स्वदेश फिर्ता भएका छन्।

नेपालको दुई दिने भ्रमण पूरा गरी भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता भएका हुन् ।

जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले विदाई गरे।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन आएका जयशंकरले बिहीबार उच्चस्तरीय भेटवार्ता गरेका थिए ।

यस्तै आयोगको बैठकपछि नेपाल र भारतबीच भएका विभिन्न सहमति तथा समझदारी आदानप्रदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077