Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रपति पौडेलले भने - आम्दानी नहुँदा गाउँमा मानिस बसेनन्

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले गाँउमा रोजगारी र आम्दानी नहुँदा मानिस नबसेको बताएका छन्।

तनहुँको भानु नगरपालिकामा रहेको पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहलाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

राष्ट्रपति पौडेलले भने,‘गाउँमा बिस्तारै सुविधा पुगेको छ। विकास भइरहेका पनि छन् तर सुविधा उपभोग गर्ने मान्छे गाउँमा कोही नरहने हो कि जस्तो भएको छ । गाउँमा सबैथोक पुग्यो तर सम्मानजनक रोजगारी र आम्दानीको अवस्था नै छैन।’

गाउँमा विकास पुग्न थाले पनि उपभोग गर्ने मानिस कोही नहुने हुन् कि भन्ने चिन्ता देखिएको राष्ट्रपति पौडेलको भनाइ छ।

उनले गाउँमा बिस्तारै विकास पुगे पनि सम्मानजनक रोजगारीको अवस्था भने नरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077