Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डले पाए सफाइ

    अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डले पाए सफाइ

    अनलाइन नेपाल
  • शुक्रबार, २० पुष २०८०
  • 570
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सफाइ पाएका छन् ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०७३ जेठ १२ मा दर्ता गरेको उक्त मुद्दाको आज सुनाएको निर्णयमा प्रधानमन्त्रीले सफाइ पाएका हुन्।



    त्रिपाठीले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।



    सो मुद्दा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा परेको थियो । सर्वोच्चले निवेदकले भनेजस्तो अवहेलनामा मुद्दामा माग दाबी नपुग्ने जनाएको छ ।

    तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेल र छविलाल अधिकारीलाई पक्राउ गरेपछि काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा प्रचण्डले अदालत शान्ति सम्झौताविपरीत जान लागेको आरोप लगाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार