Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • त्रिविको उपकुलपति नियुक्तिसम्बन्धी विज्ञापन रद्द गर्न प्रधानमन्त्रीको निर्देशन

    त्रिविको उपकुलपति नियुक्तिसम्बन्धी विज्ञापन रद्द गर्न प्रधानमन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, २० पुष २०८०
  • 645
    SHARES

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् ।

    त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रचण्डले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई उक्त निर्देश्न दिएका हुन् ।



    प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न उनले निर्देशन दिए ।



    सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    शुक्रवार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) हुनुपर्ने मापदण्ड राखिएको थियो ।

    तर, त्यसमा प्रधानमन्त्रीले असन्तुष्टि राख्दै तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार