Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय सभाका उम्मेदवार छान्ने जिम्मा अध्यक्ष ओलीलाई

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभामा उम्मेदवारी टुंग्याउने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

शुक्रबार ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा चार घन्टा चलेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा सातै प्रदेशबाट आएका नामहरूको बारेमा प्रारम्भिक छलफल भएको थियो ।

पार्टीले १९ वटै सिटमा उम्मेदवारी दिने र क्लस्टर मिलाउन बाँकी रहेको छ ।

बैठकले क्लस्टरअनुसार नामावलीको अन्तिम टुंगो लगाउने कामको जिम्मेवारी अध्यक्ष ओलीलाई दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077