Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप पुरुष क्रिकेट पुस २८ गतेदेखि, यस्तो छ खेल तालिका

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेलतालिका शुक्रबार सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिता २८ पुस देखि २० माघ सम्म काठमाडौं र भैरहवामा आयोजना हुन लागेको हो ।

प्रतियोगिताका खेलहरु टियू मैदान कीर्तिपुर मूलपानी क्रिकेट मैदानसँगै सिद्धार्थ रंगशाला भैरहवामा आयोजना हुने छ।

प्रधानमन्त्री कपका अधिकांस खेल टियू मैदान कीर्तिपुरमा हुने छ । टियू मैदानमा फाइनलसहित सर्वाधिक १८ खेल हुँदा मुलपानी मैदानमा १७ र भैरहवामा ११ खेल हुने कार्यतालिका रहेको छ।

सात प्रदेश र ३ विभागीय टिमहरु सहभागी हुने प्रतियोगिताका खेल राउण्ड रोबिन लिगका आधारमा हुने छन् ।

यस्तो छ खेल तालिका :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077