Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सत्तापक्षसँग टीआरसीमा राष्ट्रियसभा सदस्य लेनदेन हुँदैन : केपी ओली

काठमाडौँ । नेकपा एमालेले सत्तापक्षसँग टीआरसीमा राष्ट्रियसभा सदस्य लेनदेन नगर्ने स्पष्ट पारेको छ ।

शुक्रवार बसेको एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले भने जसरी टीआरसीमा सहमति जनाएर जान नसकिने स्पष्ट पारेका हुन् ।

पार्टीले पहिलेदेखि राख्दै आएको अडानबाट पछि हट्न नसकिने उनले बताए । बैठकमा सचिवालय सदस्यहरूले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्य गर्ने भनेर बाहिर आएका चर्चाबारे जिज्ञासा राखेका थिए ।

सत्ता गठबन्धनसँग राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्नेबारे सामान्य छलफल भए पनि ठोस प्रस्ताव नआएको भन्दै आफ्नोतर्फबाट गर्नुपर्ने तयारीमा कुनै कमी हुन नहुने अध्यक्ष ओलीले जवाफ फर्काएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077