Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • आजको मौसम : यी दुई प्रदेशमा हिमपात, तराईमा हुस्सु र कुहिरो

    आजको मौसम : यी दुई प्रदेशमा हिमपात, तराईमा हुस्सु र कुहिरो

    अनलाइन नेपाल
  • शनिबार, २१ पुष २०८०
  • 789
    SHARES

    काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

    जसको प्रभावले शनिबार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।



    दिउँसो कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएो छ ।



    यस्तै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    देशका तराई भूभागका केही स्थानहरू हुस्सु/कुहिरो लाग्न सक्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्नेछ । साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार