Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गठबन्धन सरकारले देश हित विपरित काम गर्‍यो : झलनाथ खनाल

    गठबन्धन सरकारले देश हित विपरित काम गर्‍यो : झलनाथ खनाल

    अनलाइन नेपाल
  • शनिबार, २१ पुष २०८०
  • 648
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान गठबन्धन सरकारले नेपालले आफैँ योजना बनाएर देशको विकास गर्ने अधिकार बचाउन नसकेको बताएका छन् ।

    शनिबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरम बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले नेपाल जस्तो स्वतन्त्र मुलुकले अरु कुनैपनि देशको दुतावासबाट सोझै रकम ल्याउने गरीकन कुनैपनि प्रकारका परियोजना बनाउने कुरा राष्ट्र हित विपरित भएको दाबी गरे।



    छिमेकी देशले दिने अनुदान आफूहरु सहस्र स्वीकार्न तयार रहेको तर कुनैपनि देशको दुतावासबाट सोझै रकम ल्याउने सम्झौता हुनु देशको लागि नराम्रो भएको उनले उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार