Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • राष्ट्रियसभाका लागि सुदूरपश्चिममा एमालेले टुंग्यायो उम्मेदवारको नाम

    राष्ट्रियसभाका लागि सुदूरपश्चिममा एमालेले टुंग्यायो उम्मेदवारको नाम

    अनलाइन नेपाल
  • आइतबार, २२ पुष २०८०
  • 519
    SHARES

    धनगढी। नेकपा एमालेले सुदूरपश्चिमबाट राष्ट्रियसभाका तीन जना उम्मेदवारको नाम टुंगो लगाएको छ ।

    प्रदेश कमिटीले गरेको सिफारिसका आधारमा केन्द्रीय सचिवालय बैठकले तीन जना उम्मेदवारको नाम टुंगो लगाएको हो ।



    एमालेले अन्यबाट कञ्चनपुरका ईश्वरी प्रसाद खरेल, महिलाबाट कैलालीकी सावित्री घिमिरे र अपाङ्ग तथा अल्पसङ्ख्यक कैलालीकै रामचन्द्र जोशीलाई उम्मेदवार बनाउन लागेको छ ।



    प्रदेश कमिटीले जिल्लाबाट आएका आकांक्षीहरुका नाम मध्येबाट ९ जनाको नाम रायसहित केन्द्रीय कमिटीलाई सिफारिस गरेको थियो ।

    केन्द्रीय सचिवालय बैठकले प्रदेश कमिटिले गरेको सिफारिस मध्येबाट तीन जनाको नाम टुंगो लगाएको हो।

    सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा नेकपा एमालेका ईन्दु कडरियाको पदावधि सकिन लागेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार