Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेसले टुंगायो राष्ट्रियसभाका १० उम्मेदवार, कुन प्रदेशबाट को ?

    कांग्रेसले टुंगायो राष्ट्रियसभाका १० उम्मेदवार, कुन प्रदेशबाट को ?

    अनलाइन नेपाल
  • सोमबार, २३ पुष २०८०
  • 594
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उमेदवार टुंगो लगाएको छ ।

    कांग्रेसले संस्थापन पक्षका सात र संस्थापन इतरका तीनसहित दश उमेदवार टुंगो लगाएको हो ।



    कोशी प्रदेशमा कृष्णप्रसाद सिटौला, मधेसमा आनन्द प्रसाद ढुंगाना, वाग्मतीमा विष्णुदेवी पुडासैनी र जितजंग बस्नेतले टिकट पाएका छन् ।



    कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अुनसार गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियारले टिकट पाएका छन् ।

    लुम्बिनीमा कांग्रेसले विष्णुदेवी सापकोटालाई टिकट दिएको छ ।

    कर्णालीमा कृष्णबहादुर रोकाया र सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहराले टिकट पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार