Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • सात सय रुपैयाँले घट्यो सुनको मूल्य

    सात सय रुपैयाँले घट्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • सोमबार, २३ पुष २०८०
  • 471
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ । छापावाला र तेजावी सुन प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।

    गत बिहीबारदेखि प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य सोमबार १ लाख १८ हजार ८ सय रुपैयाँमा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



    महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ थियो ।



    गत बिहिबारदेखि यथावत रहेको सुन र चाँदीको मूल्य सोमबार घटेको हो । चाँदीमा सामान्य गिरावट आएको छ । आइतबार १ हजार ४२० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    आज १० ग्राम छापावाला सुनको मूल्य १ लाख १ हजार ८५० रुपैयाँ पुगेको छ । तेजावी सुन १ लाख १ हजार ३८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    आइतबार १० ग्राम छापावाला सुनको मूल्य १ लाख २ हजार ४५० रुपैयाँ थियो । तेजावी सुन १० ग्रामको १ लाख १ हजार ९८० रुपैयाँ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार