Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोशी प्रदेशको सभामुखमा अम्बर विष्ट सर्वसम्मत बन्ने सम्भावना

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेशसभा सदस्य अम्बरबहादुर बिस्टलाई सभामुख बनाउने निर्णय गरेको छ ।

राप्रपा संसदीय दलको बैठकले बिस्टलाई सभामुख बनाउने निर्णय गरेको हो । गत साउन १६ तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएर कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सघाएयता कोशीमा सभामुख पद रिक्त छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहितको सत्ता गठबन्धनले समर्थन गर्ने भएपछि विष्ट सभामुखमा निर्विरोध निर्वाचित हुने सम्भावना देखिएको छ ।

गत वर्षको पुस २८ गते निर्विरोध निर्वाचित सभामुख गौतमले राजीनामा दिँदै आर्थिक मामिला तथा योजना मन्त्रालय रोजेका थिए । त्यसयता रिक्त रहेको सभामुख चयनको प्रक्रिया अझै पनि अलपत्र नै थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077