Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने बालेनको निर्णय बदर

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, सुष्मालता माथेमाको संवैधानिक इजलासले वडाध्यक्षलाई विद्यालयको अध्यक्ष बनाउन नपाइने भन्ने परेको रिट निवेदनमा अन्तरिम आदेश जारी गरेको हो।

काठमाडौं महानगरपालिकाले शिक्षा ऐन विपरीत गएर सम्बन्धित वडाको वडाध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने गरी निर्णय गरेको थियो।

महानगरपालिकाको निर्णय विरुद्ध गत कात्तिक २३ मा छुट्टाछुट्टै दुई वटा रिट निवेदन दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077