Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घट्टेडाँडाबाट २६ किलो गाँजासहित आठ जना पक्राउ

काठमाडौं । अवैध लागूऔषध गाँजासहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरी टोलीले शंखरापुर नगरपालिका–३ घट्टेडाँडाबाट अवैध लागूऔषध करिब २६ किलो गाँजासहित सोही ठाउँ बस्ने चन्द्रबहादुर लामासहित छ जनालाई प्रहरीले पक्राउ गरेको हो।

लामाको टहरो तलासी गर्दा उक्त गाँजा फेला परेको थियो । त्यस्तै, विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ३२ मिलिग्रामसहित उर्लाबारी नगरपालिका–३ बस्ने २७ वर्षीय अर्जुन दाहाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका–२ फुटाहाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ दुई ग्राम ५१० मिलिग्रामसहित बाँके कोहलपुर नगरपालिका–३ बस्ने २२ वर्षीय महेश परियारलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जनुनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077