Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राप्रपाको जलपानमा पुगे प्रधानमन्त्री प्रचण्डदेखि रविसम्म

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीका अवसरमा जलपान कार्यक्रम गरेको छ।

काठमाडौंको भृकुटीमण्डपमा गरेको चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू उपस्थित भएका छन् ।

जलपानमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत सहभागी भएका छन्।

जलपानमा आएका अतिथिहरूलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका थिए। राप्रपा पुस २७ गतेका दिन नियमितरुपमा जलपानको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077