Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानमा भएको बम आक्रमणमा संलग्न ३५ जना पक्राउ

एजेन्सी । इरानले दक्षिणपूर्वी शहर केरमानमा भएका दुईवटा बम विस्फोटका सम्बन्धमा ६ प्रान्तका ३५ जनालाई पक्राउ गरेको घोषणा गरेको छ ।

केरमान, सिस्तान र बलुचेस्तान, खोरासान रजावी, इस्फाहान, तेहरान र पश्चिम अजरबैजानबाट उनीहरूलाई पक्राउ गरेका हुन् ।

मन्त्रालयले जनवरी ३ मा इरानी जनरल कासिम सुलेमानीको चिहान नजिकै भएको आतंकवादी आक्रमणमा संलग्न जसमा ९० भन्दा बढीको मृत्यु भएको थियो भने २८० जना घाइते भएका थिए ।

विदेशमा रहेका केरमान आक्रमणमा संलग्न केही व्यक्तिहरूको पहिचान भई पक्राउ गर्ने प्रयास जारी रहेको पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077