Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एसियन कपमा अस्ट्रेलियासँग भारतको हार

एजेन्सी ।  एएफसी एसियन कप फुटबल प्रतियोगितामा भारतमाथि अस्ट्रेलियाले जित निकालेको छ।

शनिबार कतारको बिन अली रंगशालामा भएको खेलमा अस्ट्रेलियाले भारतलाई २-० गोलले हराएको हो।

समूह ‘बी’ को यो खेलमा अस्ट्रेलियाले दुवै गोल दोस्रो हाफमा गर्‍यो। अस्ट्रेलियाका लागि ज्याकसन इर्भिनले ५०औं मिनेटमा पहिलो गोल गरे भने जोर्डन बोसले ७३ औं मिनेटमा अग्रता दोब्बर पारे।

यसअघि शुक्रबार राति भएको उद्घाटन खेलमा आयोजक कतारले लेवनानलाई ३-० गोलले पराजित गरेको थियो।

प्रतियोगितामा एसियाका २४ देशबीच प्रतिस्पर्धा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077