Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कप क्रिकेट : आज एपीएफ र बाग्मती तथा कर्णाली र गण्डकी भिड्दै

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।

कीर्तिपुरमा एपीएफ क्लब र बाग्मती प्रदेश तथा भैरहवामा कर्णाली र गण्डकी प्रदेशबीच खेल हुन लागेको हो ।

यी खेल बिहान सवा ९ बजेदेखि शुरु हुनेछन् । यो प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी छन् ।

हिजो पहिलो दिन तीन वटा खेल भएकोमा मधेस प्रदेश, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेका छन् ।

प्रतियोगितामा पहिलो पटक राउन्ड रोबिन अर्थात् सबै टोलीले एक अर्कासँग खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077