Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • तोलामा ६०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    तोलामा ६०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • आइतबार, २९ पुष २०८०
  • 597
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर कारोबारमा आएको हो ।



    महासंघका अनुसार गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ थियो ।



    यस्तै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ६५० रुपैयाँ कायम छ ।

    सुनको मूल्य बढेसँगै आज चाँदीको मूल्य समेत बढेको छ । तोलामा २० रुपैयाँले बढेसँगै आज चाँदीको कारोबार मूल्य तोलामा १४ सय २० रुपैयाँ कायम भएको छ ।

    गत साताको शुक्रबार यसको कारोबार मूल्य १४ सय रुपैयाँ कायम थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार