Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

५ किलो गाँजासहित हेटौंडाबाट एक जना पक्राउ

हेटौंडा । प्रहरीले हेटौंडाबाट ५ किलो अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका-१० बस्ने १९ वर्षीय ईन्ताज आलम रहेका छन् ।

आलमलाई प्रहरीले हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट करिब ५ किलो गाँजासहित पक्राउ गरेको थियो ।

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित आइतबार बिहान पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077