Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

न्युजिल्यान्डसँग पाकिस्तान २१ रनले पराजित

एजेन्सी । पाकिस्तानसँगको दोस्रो टी–२० क्रिकेटमा न्युजिल्यान्ड विजयी भएको छ । आज भएको खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई २१ रनले हरायो ।

न्युजिल्यान्डले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको पाकिस्तान १९ ओभर ३ बलमा १ सय ७३ रनमा अल आउट भयो ।

यसअघि हेमिल्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९४ रन बनायो ।

यो जितसँगै न्युजिल्यान्डले ५ खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ । पहिलो खेलमा न्युजिल्यान्ड ४६ रनले विजयी भएको थियो । तेस्रो खेल आउँदो बुधवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077