Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • बम्जनविरुद्ध बारा प्रहरीमा थप दुईवटा जाहेरी दर्ता

    बम्जनविरुद्ध बारा प्रहरीमा थप दुईवटा जाहेरी दर्ता

    अनलाइन नेपाल
  • आइतबार, २९ पुष २०८०
  • 1.5K
    SHARES

    काठमाडौँ । तपश्वी भनिएका रामबहादुर बम्जनविरुद्ध बारा प्रहरीमा थप दुईवटा जाहेरी परेको छ ।

    जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उनीविरुद्ध बारामा हत्या, अपहरण तथा बेपत्ता सम्बन्धी जाहेरी दर्ता भएको हो ।



    निजगढ नगरपालिका–१२ स्थित खुमजोरको आश्रमबाट बम्जनले सिमरा उप महानगरपालिका–१५ वडहर्वा घर भएका ३४ वर्षीय सुरेश कुमार आलेलाई बेपत्ता बनाएको र सर्लाहीको बागमती नगरपालिका–१२ घर भएकी रिताको बाराको आश्रममा हत्या गरेको भन्दै पीडित परिवारले किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।



    बारा प्रहरीले सोही जाहेरीको आधारमा अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाएको छ । बम्जन हाल बलात्का मुद्दा पुर्पक्षका लागी कारागार कार्यालय सर्लाहीमा थुनामा छन् ।

    काठमाडौंमा पक्राउ परेपछि बमजनलाई बिहीबार सर्लाही अदालतमा पेस गरिएको थियो।

    जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बिहीबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार