Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपालमा आज नवौं राष्ट्रिय योग दिवस मनाइँदै

    नेपालमा आज नवौं राष्ट्रिय योग दिवस मनाइँदै

    अनलाइन नेपाल
  • सोमबार, १ माघ २०८०
  • 642
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपालमा आज नवौं राष्ट्रिय योग दिवस मनाइँदै छ ।

    योगको महत्वबारे सबैलाई बुझाउने उद्देश्यले पछिल्लो समय नेपालमा वर्षेनी माघ १ गते राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।



    योग, ध्यान र प्रणायाममा नेपाली पनि विस्तारै आकर्षित हुन थालेका छन् ।



    योग प्रशिक्षकका अनुसार शरीर स्वस्थ हुन मन स्वस्थ हुनु पर्छ, मन र शरीर दुवै स्वस्थ हुनका लागि योग अनिवार्य छ ।

    नेपालमा यस वर्ष ‘गरौँ योग, रहौँ निरोग’ भन्ने नारासहित आज नवौँ राष्ट्रिय योग दिवस मनाउन लागिएको हो ।

    यसैबीच, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले योग दिवस मनाउन सबै पालिकाहरुलाई यसअघि नै पत्राचार गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार