Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • तोलामा १२०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    तोलामा १२०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • बुधबार, ३ माघ २०८०
  • 726
    SHARES

    फाइल फोटो

    काठमाडौं । बुधबार सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँ तोकेको हो।



    यसअघि मंगलबार प्रतितोला १ लाख १९ हजार ४ सय रुपैयाँ तोकिएको थियो ।



    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा असर परेको महासंघले जनाएको छ ।

    त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ४ सय कायम भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार