Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कतार एसियन कपको अन्तिम १६ मा

काठमाडौं । लगातार दोस्रो जित हासिल गर्दै कतार एएफसी एसियन कपको अन्तिम १६ मा प्रवेश गरेको छ।

बुधबार राति घरेलु भूमिमा भएको प्रतिस्पर्धामा १० खेलाडीमा सीमित ताजिकिस्तानलाई १–० ले हराउँदै कतार लगातार २ खेलमा विजय प्राप्त गरेको हो ।

अल बायत स्टेडियममा भएको खेलमा कतारका लागि अक्रम अफिफले एक मात्र गोल गरे । उनले १७औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । दुई खेलबाट कतारको ६ अंकसहित शीर्ष स्थानमा छ ।

कतारले अब समूहको अन्तिम खेलमा चीनसँग खेल्नेछ । एसियन कपमा २४ टोली सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077