Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानमाथि पाकिस्तानको मिसाइल आक्रमण

एजेन्सी । तेहरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको एक दिनपछि पाकिस्तानले इरानस्थित ‘आतंकवादी आश्रयस्थल’लक्षित हवाई हमला गरेको छ।

इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको विस्फोटमा परी तीन महिला र चार बालबालिकाको मृत्यु भएको हो।

पाकिस्तानले इरानको सिस्टान–ओ–बलुचिस्तान प्रान्तमा आतंकवादी लुकेका स्थानलाई लक्षित गरी शृंखलाबद्ध सैन्य आक्रमण गरेको पाकिस्तानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

इरानले पाकिस्तानमा मंगलबार राति ‘आतंकवादी समूह’विरुद्ध आक्रमण गरेको पुष्टि गरेपछि उक्त हमला गरिएको हो ।

पाकिस्तानले बुधबार इरानबाट आफ्ना राजदूतलाई सोधपुछका निम्ति विदेश मन्त्रालयमा बोलाउनुअघि र तेहरानका राजदूतलाई देश फर्कनबाट रोक्नुअघि ‘पाकिस्तानको सार्वभौमिकताको अकारण र खुल्लमखुल्ला उल्लंघन’को निन्दा गरेको थियो।

इराक र सिरियामा पनि ‘इरानविरोधी आतंवादी समूह’विरुद्ध आक्रमण गरेपछि पाकिस्तानमा जैश अल–अदल समूहलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरिएको तेहरानले जनाएको थियो।

तेहरान र इस्लामाबादले एकार्कालाई उनीहरूको भूमिबाट आक्रमण गर्न अनुमति दिएको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077