Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाकिस्तानले इरानबाट फिर्ता बोलायो राजदूत

एजेन्सी । पाकिस्तानी विदेश मन्त्रालयले इरानबाट आफ्नो राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ ।

पाकिस्तानले इरानद्वारा सार्वभौमसत्ताको र संयुक्त राष्ट्र संघको बडापत्रको सिद्धान्तहरूको उल्लंघन भएको भन्दै राजदूत फिर्ता बोलाएको हो ।

यसअघि मंगलबार इरानले पाकिस्तानको हवाई क्षेत्रको उल्लङ्घन गर्दै मिसाइल आक्रमण गरेका कारण दुई पाकिस्तानी बालबालिकाको मृत्यु भएको र तीन बालिका घाइते भएको बताएको थियो ।

पाकिस्तानमा रहेको जैश अल–जुल्म आतंकवादी समूहका दुई महत्वपूर्ण अड्डाहरू मिसाइल र ड्रोन हमलामा ध्वस्त भएका छन् ।

पाकिस्तानी प्रत्याक्रमणमा इरानका कम्तीमा ९ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077