Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राजतन्त्रको आलोचना गर्नेलाई ५० वर्ष जेल

एजेन्सी । एक थाई व्यक्तिलाई राजतन्त्रको आलोचना गरेको आरोपमा बिहीबार ५० वर्षको कारागार सजाय दिइएको छ ।

उत्तरी शहर चियाङ रायको एक पुनरावेदन अदालतले पूर्वप्रजातन्त्र समर्थक कार्यकर्ता ३० वर्षीय मोङ्कोल थिराकोटलाई निजी फेसबुक अकाउन्टमा पोष्ट गरेको आरोपमा ५० वर्ष लामो कारागार सजाय सुनाएको हो ।

मुलुकको कडा शाही अपमान कानूनअन्तर्गत दिइएको यो सबैभन्दा लामो कारागार सजाय हो।

उनलाई तल्लो आपराधिक अदालतले २८ वर्षको कारागार सजाय सुनाएको थियो। तर पुनरावेदनका क्रममा अन्य ११ मुद्दामा दोषी पाइएपछि थप सजाय सुनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077