Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

    तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • शुक्रबार, ५ माघ २०८०
  • 483
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।

    आज छापावाल सुन तोलामा ५०० रुपैयाँले बढेर एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



    महासंघका अनुसार तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।



    बिहीबार छापावाल सुन एक लाख १७ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १३९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार